काठमाडौं । आरम्भ चौतारी लघुवित्त बित्तिय संस्था,सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था र शालीग्राम लघुवित्त वित्तिय संस्था एकआपसमा गाभिने भएका छन् ।
आरम्भ चौतारीका अध्यक्ष जगतवहादुर पोख्रेल,सिवाईसी नेपालका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्रामका अध्यक्ष कृष्ण बहादुर थापाले बागलुङमा भएको बैठकमा सहमती पत्रमा हस्ताक्षर गर्नु भएको हो । एकिकृत भएपछिको वित्तीय संस्थाको संयुक्त कारोवार माघसम्ममा शुरु गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
बनेपा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी,बाग्लुङ केन्द्रिय कार्यालय रहेको सिवाईसी र वेनी केन्द्रिय कार्यालय रहेको शालिग्राम लघुवित्त संस्थाहरुले मर्जर समिती पनि गठन गरेका छन् ।
मर्जर समितीमा प्रथम पक्ष आरम्भ चौतारीका तर्फवाट सन्तोष पोख्रेल,केशवराज पन्थी, दिपकुमार बुढाथोकी, सिवाईसी नेपालको तर्फवाट डोलेन्द्र प्रसाद शर्मा, अमृतकुमार उपाध्याय र शालिग्रामको तर्फवाट सन्तोष शर्मा रहने सहमती पत्रमा उल्लेख छ ।
तीन सस्थाहरुको मर्जरपछिको अध्यक्षमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोख्रेल रहने तय भएको छ भने प्रमुख कार्यकारी अधिकृत खुल्ला प्रतिश्पर्धावाट नियुक्त गरिने भएको छ ।
समझदारी पत्रमा हस्ताक्षरपछिआरम्भ चौतारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापीत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सिवाईसीका अध्यक्ष शर्माले मर्जर पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई समयक्रमानुसार नीति विधि र प्रविधिको प्राधानता भित्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै शालिग्रामका अध्यक्ष थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । गाभ्ने÷गाभीने (मर्जर) पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ ।
आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आई.पी.ओ. निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफ.पि.ओ. को माध्यमद्धारा पुरा हुनेछ ।