काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार(आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस्तै युरो १ को खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्री दर ८६ रुपैयाँ ६३ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?