Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

  • मंगलवार, जेठ १६ २०८०

  • 425
    SHARES

  • मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

    काठमाडौं । मन्त्रिपरिषद् बैठकमा बुधबारबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको जानकारी दिनुभयो ।

    ‘भोलिबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे छलफल भयो, निर्णयका रूपमा केही भएको छैन’, मन्त्री शर्माले भन्नुभयो,‘बजेटमाथि प्रधानमन्त्री भारतबाट फर्केपछि छलफल हुने भन्ने कुरा भयो ।’

    त्यस्तै उहाँले मंगलबारको मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकबारे विषय प्रवेशमात्र भएको भन्दै राष्ट्रपतिबाट प्रमाणीकरण हुने अपेक्षा रहेको बताउनुभयो । ‘नागरिकता विधेयक मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई पठाएका हौ । त्यसमा अव राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेर प्रमाणीकरण गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौ’,मन्त्री शर्माको भनाइ छ ।

     


    मंगलवार, जेठ १६ २०८००५:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij