Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तेस्रो महिला टी-ट्वान्टी  क्रिकेटमा नेपालले मलेसियालाई २७ रनले हरायो

तेस्रो महिला टी-ट्वान्टी  क्रिकेटमा नेपालले मलेसियालाई २७ रनले हरायो

  • बिहिवार, जेठ १८ २०८०

  • 333
    SHARES

  • तेस्रो महिला टी-ट्वान्टी  क्रिकेटमा नेपालले मलेसियालाई २७ रनले हरायो
    काठमाडौं । घरेलु टोली मलेसियामाथि पाहुना टोली नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित हासिल गरेको छ ।  बिहीबार(आज) भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो ।
     
    जितसँगै नेपालले तीन खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ ।  नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो । 
     
    मलेसियाका लागि महिराह इज्जाती इस्माइलले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रनमा अविजित रहिन् ।  विनिफ्रेड दुराईसिंघमले ३८ बलमा २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिए । 
     
    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।  नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत २ रनमा ओपनर कविता कुँवरलाई गुमाएको थियो ।
     
    तर, दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीता रानामगरबीच ३५ रनको साझेदारीसँगै नेपाल बलियो योगफल तर्फ प्रेरित भएको थियो ।  सिताले ३५ बलमा २१ रन बनाउँदा ज्योतिले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । 
     
    तेस्रो विकेटका लागि सीता रानामगर र इन्दु बर्माबीचमा ३२ रनको साझेदारी भएसँगै नेपाल बलियो योगफल तर्फ लम्किएको थियो ।  बर्माले ३० बलमा २० रन बनाइन् । इन्दु र कप्तान रुबिना क्षेत्रीका बीचमा तेस्रो विकेटका लागि २१ बलमा २९ रनको साझेदारी गरे । 
     
    बिन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् ।  मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १/१ विकेट लिए ।
     
    मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ । 


    बिहिवार, जेठ १८ २०८००२:४१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij