Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपा सांसदहरुले दर्ता गरे संकल्प प्रस्ताव

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपा सांसदहरुले दर्ता गरे संकल्प प्रस्ताव

  • बिहिवार, जेठ १८ २०८०

  • 648
    SHARES

  • सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपा सांसदहरुले दर्ता गरे संकल्प प्रस्ताव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्पप्रस्ताव दर्ता गरेका छन् ।

    बिहीबार(आज) संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा। तोसिमा कार्की लगायतले उक्त कार्यक्रम गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

    १५ जेठमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको छ ।

    असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेका हुन् । उनीहरुले संसद विकास कोष विगतदेखि नै विवादित कार्यक्रम रहेको भन्दै यसमा राखिएको बजेटको विश्वसनीयतामाथि नै प्रश्न रहेको बताएका छन् ।

    अर्थतन्त्र धरासायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटी दोहनमात्र हुने रास्वपा सांसदहरुले बताएका छन् ।

    उनीहरुले सरकारले तत्काल संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट तत्काल बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माण कार्यका लागि परिचालन गर्न निर्देशन गर्न सभामुखसमक्ष माग गरेका छन् ।

    रास्वपा सांसद सुमना श्रेष्ठले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेर अन्य आवशयक परेको ठाउँमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।


    बिहिवार, जेठ १८ २०८००५:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij