Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेंगु नियन्त्रणसम्बन्धी रास्वपा सांसद श्रेष्ठको  संकल्प प्रस्ताव दर्ता 

डेंगु नियन्त्रणसम्बन्धी रास्वपा सांसद श्रेष्ठको  संकल्प प्रस्ताव दर्ता 

  • आइतवार, जेठ २१ २०८०

  • 507
    SHARES

  • डेंगु नियन्त्रणसम्बन्धी रास्वपा सांसद श्रेष्ठको  संकल्प प्रस्ताव दर्ता 
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
     
    संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यस वर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गर्नुभएको हो ।
     
    ‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।
    यस वर्ष पनि डेंगु रोगले महामारीको रूप लिन सक्ने प्रबल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागि नसकेको सांसद श्रेष्ठले बताउनुभएको छ ।
     
    संकल्प प्रस्तावमा डेंगु रोगको विषयमा व्यापक जनचेतना जगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरूलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।
     
    त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालहरूको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य संघसंस्थाहरूको साधन स्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।
    sankalpa prastap1.jpgsankalpa prastap2.jpgsankalpa prastap3.jpg


    आइतवार, जेठ २१ २०८००२:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij