Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

असार ४ गतेभित्र सबै आयोजनाको म्याद थप नगरे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

असार ४ गतेभित्र सबै आयोजनाको म्याद थप नगरे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

  • आइतवार, जेठ २१ २०८०

  • 506
    SHARES

  • असार ४ गतेभित्र सबै आयोजनाको म्याद थप नगरे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी
    काठमाडौं । निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलनगरी असार ४ गतेभित्र सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएको हो । 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाहरूको म्याद थप असार ४ गतेभित्र नभए आफूहरू निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले चेतावनी दिनुभयो । 
     
    उहाँले विगत लामो समयदेखि आफूहरूले राख्दै आएको माग पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाउनुभयो । अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई खबरदारी गर्नु परेको स्पष्ट पार्नुभयो । 
     
    माग सम्बोधन नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएको छ । 
     


    आइतवार, जेठ २१ २०८००४:४२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij