Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद अभिव्यक्तिलाई लिएर राजीनामा माग

परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद अभिव्यक्तिलाई लिएर राजीनामा माग

  • सोमवार, जेठ २२ २०८०

  • 1.4K
    SHARES

  • परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद अभिव्यक्तिलाई लिएर राजीनामा माग

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् ।

    भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताउनुभएको थियो ।

    सांसद साउदको सो भनाईलाई लिएर सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भन्नुभयो– ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’

    यस्तै सांसद रघुवीर महासेठ, एकनाथ ढकालले पनि भारतको संसद भवनमा भएको नक्साको बारेमा सरकारले भ्रमणको क्रममा किन प्रश्न नउठाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।


    सोमवार, जेठ २२ २०८००२:०८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij