Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सदनमा दादागिरी नदेखाउन सत्तापक्षलाई रवि लामिछानेको चेतावनी

सदनमा दादागिरी नदेखाउन सत्तापक्षलाई रवि लामिछानेको चेतावनी

  • सोमवार, जेठ २२ २०८०

  • 658
    SHARES

  • सदनमा दादागिरी नदेखाउन सत्तापक्षलाई रवि लामिछानेको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिनुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’

    प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलको लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको हो ? भन्दै रविले प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘परराष्ट्रमन्त्री अखण्ड भारत नक्साबारे फेसबुकमा आएको कुरा हो भन्नुहुन्छ । यहाँ मजाक चलेको छ ।’


    सोमवार, जेठ २२ २०८००३:०७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij