Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

करको दर हेरफेर गर्न किन अमुख व्यक्ति राखियो : स्वर्णिम वाग्ले

करको दर हेरफेर गर्न किन अमुख व्यक्ति राखियो : स्वर्णिम वाग्ले

  • मंगलवार, जेठ २३ २०८०

  • 456
    SHARES

  • करको दर हेरफेर गर्न किन अमुख व्यक्ति राखियो : स्वर्णिम वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ ।

    मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको बताउनुभयो ।

    यसबारे आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै उहाँले अर्थमन्त्रीलाई तीन प्रश्न गर्नुभयो।

    पहिलो : यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

    दोस्रो : एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?


    र, तेस्रो : ३ करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ?

    कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?


    मंगलवार, जेठ २३ २०८००२:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij