Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

तेस्रोपटक सभापतिमा उठ्न पाउँदिन, कसैले डर नराख्नु : देउवा

तेस्रोपटक सभापतिमा उठ्न पाउँदिन, कसैले डर नराख्नु : देउवा

  • शुक्रवार, जेठ २६ २०८०

  • 1.2K
    SHARES

  • तेस्रोपटक सभापतिमा उठ्न पाउँदिन, कसैले डर नराख्नु : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरु सुझाव दिनुभएको छ।

    चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताउनु भएको हो ।
    कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।

    विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले नेताहरुले डर नराख्न उहाहाँले आग्रह गर्नुभएको हो । एमालेले ७० वर्ष उमेर हद हटाएको बताउँदै देउवाले कांग्रेसमा रहेको व्यवस्था हटाउने पक्षमा आफू नरहेको प्रष्टिकरण दिनुभयो।

    पार्टी भित्रका सबै मिल्नुको विकल्प नरहेको देउवाले बताए । कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । देउवाले निर्वाचनमा सकेसम्म सहमति नेतृत्व चयन गर्न सुझाव दिनुभएको छ।

    सर्वसम्मत हुन नसके चुनावमा जान र स्वच्छ प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो।


    शुक्रवार, जेठ २६ २०८००७:२३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij