Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने 

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने 

  • सोमवार, जेठ २९ २०८०

  • 503
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने 
    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । 
     
    संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। 
     
    जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लाग्नुभएको हो ।
     
    यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।


    सोमवार, जेठ २९ २०८००९:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij