Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले आज यूएईसँग खेल्दै

नेपालले आज यूएईसँग खेल्दै

  • मंगलवार, जेठ ३० २०८०

  • 787
    SHARES

  • नेपालले आज यूएईसँग खेल्दै

    काठमाडौं । आईसीसी विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन्। नेपालले चिरप्रतिद्वन्द्वी यूएईसँग पहिलो वार्मअप खल्दैछ। ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि खेल हुनेछ।

    विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक्लो मुलुक हो। त्यसैले नेपालले यूएई र ओमानसँग वार्मअप खेल खेल्दैछ।

    नेपालले यसअघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेल्दा दुवैमा पराजित भएको थियो। दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ।

    यूएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ। पछिल्ला चार खेलदेखि यूएईविरुद्ध नेपाल अपराजित छ। नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ।

    विश्वकप छनोटमा नेपालले असार ३ गते आयोजक जिम्बाब्वेको सामना गर्नेछ। नेपाल समूह ए मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै छ। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमन र यूएई छन्।


    मंगलवार, जेठ ३० २०८००७:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij