Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नाराले मात्र आन्तरिक पर्यटन प्रर्वद्धन हुँदैन : वरिष्ठ पर्यटन व्यवसायी शाक्य

नाराले मात्र आन्तरिक पर्यटन प्रर्वद्धन हुँदैन : वरिष्ठ पर्यटन व्यवसायी शाक्य

  • आइतवार, आश्विन ११ २०७७

  • 1.5K
    SHARES

  • नाराले मात्र आन्तरिक पर्यटन प्रर्वद्धन हुँदैन : वरिष्ठ पर्यटन व्यवसायी शाक्य

    काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोभिड–१९ को महामारीकै बीच पर्यटनलाई अगाडि बढाउन नयाँ ढंगले सोच्ने वेला आएको बताउनु भएको छ ।

    विश्व पर्यटन दिवसको सन्दर्भमा नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टी पी भुसालसँग कुरा गर्दै उहाँले यो समयलाई सदुपयोग गर्दै पर्यटनको लागि नयाँ योजना बनाउनु पर्ने समय आएको बताउनु भयो ।  

    नेपाल भ्रमण वर्ष १९९८ का संयोजक समेत रहनु भएका शाक्यले पर्यटनबाट लाभ लिन यसलाई ग्रामिण तहसम्म पुर्‍याउनुुपर्नेमा जोड दिँदै नाराले मात्र आन्तरिक पर्यटन विकास नहुने बताउनु भयो ।

    ‘हामीले धेरै राम्रा राम्रा नारा दियौं । अब नाराले होईन कामले, नयाँ सोचले पर्यटनलाई नयाँ गति दिने बेला आएको छ । अब सरकार निजी क्षेत्र सबै मिलेर त्यस तर्फ लाग्नु पर्छ,’ उहाँले भन्नु भयो ।

    अहिलेको लागि कोरोना महामारी समस्या भएपनि भोली राम्रो समय आउने भन्दै उहाँले त्यो समय आउनु अगाडि हामी आफ्नो तयारीमा लाग्नुपर्नेमा उहाँको जोड छ । ‘मानिस पनि आफ्नो स्वास्थ्य राम्रो राख्न उपवास बस्ने गर्छ ।

    यो समय पृथ्वी र पर्यटनले उपवास बसेको छ । भोली पक्कै पनि पर्यटन थप स्वच्छ भएर आउने छ । त्यो बेलासम्म हामीले राम्रो तयारी गर्न सक्यौ भने मात्र पयर्टकलाई स्वागत गर्न सक्छौं ।

    हामीले यो समयलाई पूर्वाधार विकास जनशक्ति विकास र नयाँ योजनामा लगाउन आवश्यक छ,’उहाँले भन्नुभयो । शाक्यले कोभिड १९ कै बीचमा सरकारले धेरै काम गर्न सक्ने भएपनि सरकारले सरोकारवालाहरुसँग समन्वय गरी काम गर्न नसकेको र पर्यटनमा लगाउनु पर्ने पूँजी र चिन्तन अन्यत्र लगाएको आरोप लगाउनु भयो ।

    उहाँले सरकारले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै ल्याउन लागेको २ दिने विदाको प्रस्ताव अव्यबहारिक भएको भन्दै त्यसो गर्नु भन्दा सरकारी कर्मचारीलाई सरकारी खर्चमै वार्षिक १५–२० दिन भ्रमणको प्याकेज दिने गरे आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उहाँको धारणा छ ।

    पर्यटन संगसँगै कर्ण सकारात्मक कोष मार्फत युवाहरुलाई उद्यमशीलता र सकारात्मक सोचको विकासमा लाग्दै आउनु भएका शाक्यले नेपालको विकासमा युवा र महीला जनशक्तिलाई साथ लिएर अगाडि बढ्न सके नेपालले आर्थिक विकासलाई नयाँ उचाई दिन सकिने बताउनुुभयो ।

    वरिष्ठ पर्यटन व्यवसायी शाक्यसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सक्नु हुनेछ ।


    आइतवार, आश्विन ११ २०७७१०:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij