Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणा

नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणा

  • बिहिवार, जेठ ३२ २०८०

  • 721
    SHARES

  • नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणा
    काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को मिति घोषणा भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार(आज) एनएसएलको मिति घोषणा गरेको हो ।
     
    नयाँ संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले मिति घोषणा गरेको हो । एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो ।
     
    एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्‍याएको हो ।
     
    यस पटक विराटनगर सिटी एफसी, वीरगन्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दी मेचीको सहभागिता हुनेछ ।


    बिहिवार, जेठ ३२ २०८००२:२५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij