Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कर्णालीको बजेट मन्त्रिपरिषद्बाट अनुमोदन

कर्णालीको बजेट मन्त्रिपरिषद्बाट अनुमोदन

  • शुक्रवार, आषाढ १ २०८०

  • 466
    SHARES

  • कर्णालीको बजेट मन्त्रिपरिषद्बाट अनुमोदन
    काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको छ ।
     
    शुक्रबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
     
    आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेश सभा बैठकमा झण्डै ३३ अर्ब रुपैयाँ भन्दा बढीको बजेट पेश गर्दै छन् । मन्त्रिपरिषद्को बिहीबार दिउँसो बैठक बस्ने र उक्त बैठकले बजेट पारित गर्ने भनिएको थियो ।
     
    तर, मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाब दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेको स्रोतको दाबी छ ।
     
    प्रदेश सभामा बजेट प्रस्तुत गर्न एक घण्टा बाँकी रहँदा शुक्रबार दिउँसो १ बजे मन्त्रीपरिषद्ले बजेट अनुमोदन गरेको हो ।
     
    सरकारका प्रवक्ता कृष्ण बहादुर जिसीले भने बजेट निर्माणमा कुनै पनि हस्तक्षेप र विवाद नरहेको बताउनुभयो ।
     


    शुक्रवार, आषाढ १ २०८००२:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij