काठमाडौं । नेपालमा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिनुभएको हो ।
यससँगै, नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । २४ घन्टामा १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ ।
साथै, कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसंगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४७७ पुगेको छ ।