Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता, यस्तो भयो छलफल...

पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता, यस्तो भयो छलफल...

  • सोमवार, आषाढ ४ २०८०

  • 1.1K
    SHARES

  • पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता, यस्तो भयो छलफल...

    काठमाडौं । प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता भएको छ ।

    कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ ।

    पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताउनुभयो ।

    आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाका अनुसार सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

    प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए । यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।

     


    सोमवार, आषाढ ४ २०८००२:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij