Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेट यथास्थितिमा पारित हुन सक्दैन : जसपा

बजेट यथास्थितिमा पारित हुन सक्दैन : जसपा

  • बिहिवार, आषाढ ७ २०८०

  • 621
    SHARES

  • बजेट यथास्थितिमा पारित हुन सक्दैन : जसपा

    काठमाडौं। सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ ।

    अध्यक्ष उपेन्द्र यादवले आज पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताउनु भएको हो । ’अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न,’ अध्यक्ष यादवले भने, ’बजेट न्यायोचित छैन ।’

    उहाँले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गर्नुभयो। भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो । ’बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन ।

    यो मोर्चामा कहिल्यै देखिनँ’ यादवले भने,’बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’ मोर्चामा संलग्न रहेका दलहरु एउटै पार्टीको रुपमा नरहेकाले यसलाई मिल्ने मुद्दामा सहकार्यको रुपमा मात्र बुझ्नुपर्ने यादवको धारणा छ ।


    बिहिवार, आषाढ ७ २०८०१२:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij