Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोरङमा थपिए एक सय ३० जना कोरोना संक्रमित

मोरङमा थपिए एक सय ३० जना कोरोना संक्रमित

  • सोमवार, आश्विन १२ २०७७

  • 1.0K
    SHARES

  • मोरङमा थपिए एक सय ३० जना कोरोना संक्रमित

    मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। मुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

    यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।


    सोमवार, आश्विन १२ २०७७१२:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij