Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खाद्यले सुरु गर्यो प्याज बेच्न, कति छ मूल्य ?

खाद्यले सुरु गर्यो प्याज बेच्न, कति छ मूल्य ?

  • सोमवार, आश्विन १२ २०७७

  • 1.7K
    SHARES

  • खाद्यले सुरु गर्यो प्याज बेच्न, कति छ मूल्य ?

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ ।

    सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो । खाद्यले गत शुक्रबारदेखि प्याज बेच्न सुरू गरेको हो ।

    प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ । एक जनाले तीन किलोग्रामसम्म किन्न पाउने खाद्यले जनाएको छ । प्याज किन्नका लागि सर्वसाधारणको लाइन लागेको छ । यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो ।

    केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो। प्याजको भाउ चर्को रूपमा बढेपछि सरकारले अनुगमन गर्न सुरू गरेको थियो ।

     


    सोमवार, आश्विन १२ २०७७०१:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij