काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ११ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ६३ पैसा र बिक्री दर १४२ रुपैयाँ २८ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ४८ पैसा र बिक्री दर १६७ रुपैयाँ २५ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?