Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सरकार ढल्ने स्थितिमा पुगिसक्यो : एमाले नेता तामाङ

प्रचण्ड सरकार ढल्ने स्थितिमा पुगिसक्यो : एमाले नेता तामाङ

  • सोमवार, आषाढ ११ २०८०

  • 1.1K
    SHARES

  • प्रचण्ड सरकार ढल्ने स्थितिमा पुगिसक्यो : एमाले नेता तामाङ
    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आफ्नै कारण ढल्ने स्थितिमा रहेको दाबी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै तामाङले भन्नुभयो, ‘संसद्मा प्रतिपक्षी दलका तर्फबाट सरकारका कामकारबाहीमा आलोचना हुनु स्वाभाविकै हो । अहिले एमालेले बजेट सुधार गर भनिरहेको छ । यो सांसदहरूको ड्युटी नै हो । यति बोल्दैमा ६ महिना नपुग्दै एमाले सरकार हटाउने खेलमा लाग्यो भन्ने ढंगले कुप्रचार गरिएको छ । सरकार हामीले ढाल्नै पर्दैन, आफैं ढल्दै छ,।’ 
     
    नवगठित समाजवादी मोर्चाका नेताहरू कांग्रेस र एमाले नेताहरूको भेटघाटले सरकार ढल्ने चिन्ताले डराइरहेको आरोप पनि तामाङले लगाउनुभयो । 
     
    एमाले हतपतमा अंकगणित पुर्‍याएर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । तामाङले भन्नुभयो, ‘संसद्को कम्पोजिसनका कारण सरकार सधैं अस्थिर हुने अवस्था छ । उहाँहरूले सरकार टिकाउन मोर्चा बनाउनुभएको छ । अब मोर्चाको सरकार हो कि दलको हो ? बैठकमा मोर्चाको एउटा प्रतिनिधि जाने कि सबै जाने हो ? यसरी सरकार चल्दैन ।’ अब नयाँ ढंगले सोच्नुपर्छ । मुलुकका अर्थतन्त्रको सुधार, रोजगारी वृद्धि लगायत समस्या समाधानका लागि दलहरूबीच झगडाभन्दा पनि छलफल जरुरी रहेको उहाँले औंल्याउनुभयो ।
     
    तामाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पशुपतिको जलहरी प्रकरण, ओम्नी लगायतमा छानबिन गर्नुको साटो सरकार हल्ला चलाएको आरोप पनि लगाउनुभयो । 
     


    सोमवार, आषाढ ११ २०८००८:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij