Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीच मन्त्रालय फुटाउने सहमति, तर मन्त्री छान्न सकेनन्

ओली र प्रचण्डबीच मन्त्रालय फुटाउने सहमति, तर मन्त्री छान्न सकेनन्

  • सोमवार, आश्विन १२ २०७७

  • 1.0K
    SHARES

  • ओली र प्रचण्डबीच मन्त्रालय फुटाउने सहमति, तर मन्त्री छान्न सकेनन्

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ ।मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी सचिवालयमा प्रस्तुत एजेन्डाबारे छलफल गरी समझदारी जुटाउनका लागि भेटवार्ता भएको हो ।

    आज नै मन्त्रिपरिषद्को नियमित बैठक पनि बस्दैछ । अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    यसअघि, असोज ४ गते बसेको सचिवालय बैठक र भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनका आधार तथा मापदण्डबारे छलफल भएको थियो ।

    स्रोतका अनुसार तीन मन्त्रालय टुक्र्याएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष बीच सहमति जुटिसकेको छ । संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्र्याएर आन्तरिक भागबन्डा मिलाउने दुई अध्यक्षबीच सहमति भइसकेको बताइएको छ ।

    अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ ।

    यद्यपि, मन्त्रीबाट कसलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा भने ओली र प्रचण्डबीच सहमति बन्न नसकेको स्रोतले जनाएको छ ।

     


    सोमवार, आश्विन १२ २०७७०३:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij