काठमाडौं । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।
आज १० हजार ८० जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ । जसमध्ये ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा र १० हजार ९२९ जना होम आइसोलसनमा रहेका छन् । हाल देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन ्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८१ पुगेको छ ।