काठमाडौं। राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पूर्ण समर्थन रहेको बताएको छ ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा सांसद अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको बताउनुभएको हो ।
उहाँले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गर्नुभयो ।