Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान चलाउने

नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान चलाउने

  • आइतवार, आषाढ १७ २०८०

  • 563
    SHARES

  • नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान चलाउने
    काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ।
     
    अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ।
     
    सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ। यो समितिले संगठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ।
     
    गत असार १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान चलाउने निर्णय गरेको हो।


    आइतवार, आषाढ १७ २०८००४:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij