Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.1K
    SHARES

  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । बाँकेमा संक्रमणबाट गयराति दुई जनाको मृत्यु भएको छ । सोमबारराति उपचारका क्रममा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभएको छ ।

    उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
    नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी भएको बताईएको छ ।

    उता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
    मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुुभएको छ ।

    ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।


    मंगलवार, आश्विन १३ २०७७०८:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij