एजेन्सी । विश्व स्वास्थ्य संगठनले न्यून आय भएका मुलुकमा १५ मिनेटमै कोरोना पत्ता लगाउने प्रविधि पुर्याउने भएको छ ।
सङ्गठनले केही मिनेटभित्रै कोरोना पत्ता लगाउने परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने जनाएको बिबिसीले जनाएको छ ।
स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोरोना पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।
उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले छ महिनाभित्र १२ करोड वटा त्यस्ता परीक्षण उपलब्ध गराउनेछन्।डब्ल्यूएचओका प्रमुखले यो कोरोनाभाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताएका छन् ।