Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तेस्रो पटक हवाई भाडा समायोजन, कहाँ कति ?

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तेस्रो पटक हवाई भाडा समायोजन, कहाँ कति ?

  • मंगलवार, आषाढ १९ २०८०

  • 1.1K
    SHARES

  • नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा तेस्रो पटक हवाई भाडा समायोजन, कहाँ कति ?

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ ।

    नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज) समेत घटाएको हो ।

    घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौं–धनगढीको फ्यूल सर्चाज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।

    यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको फ्यूल सर्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँ कायम भएको छ । योसँगै हवाई भाडामा व्यापक कटौती भएको छ ।

    सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

     


    मंगलवार, आषाढ १९ २०८००२:११:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij