काठमाडौं । ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भनेर बेचेको आरोपमा काठमाडौंबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज कलंकीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा प्रेमशिलादेवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दादेवी शाह रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
उनीहरुले ब्रोइलर कुखुराको सेतो चल्लालाई कालो र रातो रंग लगाएर लोकल भन्दै कलंकी र काठक्षेत्रमा महँगोमा विक्री गर्ने गरेको प्रहरीको दाबी छ ।
साथै, रंग लगाउन तयारी गरिएका २८ हजारभन्दा बढी ब्रोइलरका चल्ला बरामद गरिएको प्रहरीको भनाइ छ ।