Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विदेशमा अलपत्र परेका श्रमिकलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

विदेशमा अलपत्र परेका श्रमिकलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.1K
    SHARES

  • विदेशमा अलपत्र परेका श्रमिकलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

    संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण पलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन दिएको हो ।

    कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन जारी गरेको निर्देशिका संशोधन गरी अन्यलाई पनि कोषको रकमबाटै फर्काउन निर्देशन दिएको हो ।

    त्यस्तै, समितिले रोजगारी गुमेर अलपत्र नागरिकलाई सुरक्षित फर्काउन पररागष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गरी उडान संख्या थप गर्न पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

     


    मंगलवार, आश्विन १३ २०७७०४:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij