Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखले पनि गरे हस्ताक्षर

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखले पनि गरे हस्ताक्षर

  • बिहिवार, आषाढ २१ २०८०

  • 677
    SHARES

  • कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखले पनि गरे हस्ताक्षर
    काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुभएको हो।
     
    प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस गर्न आज ५ बजेसम्मको समय दिनुभएको थियो । 
     
    थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ ।  मुख्यमन्त्री नियुक्त हुन सभामुखलाई समेत गणना गरिएको छ । 
     
    कोसीमा सरकार गठनका लागि ४७ सांसदको साथ चाहिन्छ । गठबन्धन दलसँग सभामुखलाई जोड्दा मात्र बहुमत पुग्छ । तर, एमालेले सभामुख दलविहीन अवस्थामा रहने भएकाले सरकार गठनमा गणना गर्नु संविधान विपरीत भएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।
     
    असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन ।


    बिहिवार, आषाढ २१ २०८००५:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij