Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश : नयाँ सरकार गठनमा अन्यौलता, सभामुखको मत गनेर दाबी पेश

कोशी प्रदेश : नयाँ सरकार गठनमा अन्यौलता, सभामुखको मत गनेर दाबी पेश

  • बिहिवार, आषाढ २१ २०८०

  • 552
    SHARES

  • कोशी प्रदेश : नयाँ सरकार गठनमा अन्यौलता, सभामुखको मत गनेर दाबी पेश

    काठमाडौं । कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षरले अन्यौलता सिर्जना गरेको छ ।

    थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन देखाउँदै सभामुख गौतमको हस्ताक्षरसहित बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

    चार दलका ४६ सांसद र १ सभामुखको नाम छुट्टै लेखेको पत्र प्रदेश प्रमुखकोमा पेश गरिएको छ । सरकार गठनमा सभामुखको सहभागिता स्वीकार्य नहुने भन्दै आजै एमालेले प्रदेशप्रमुखको ध्यानाकर्षण गराएको थियो ।

    थापाले कांग्रेसका २९ माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ , जसपाका १ र सभामुख बाबुराम गौतमको पनि आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गर्नुभएको छ ।


    बिहिवार, आषाढ २१ २०८००५:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij