Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ठूला दलहरु सत्ता जोगाउन केन्द्रीत छन् : रवि लामिछाने

ठूला दलहरु सत्ता जोगाउन केन्द्रीत छन् : रवि लामिछाने

  • बिहिवार, आषाढ २१ २०८०

  • 567
    SHARES

  • ठूला दलहरु सत्ता जोगाउन केन्द्रीत छन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरु सत्ता जोगाउनमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ।

    डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ राजनीतिक दल आएपछि पूरा राजनीतिक दल सुध्रिएलान् भन्ने अपेक्षा गरेपनि नभएको बताउनुभयो ।

    ‘सत्ता जोगाउने खेलमा ठुला राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई खतराको घण्टी लागेको छैन। यो तोड्नपाए हुन्थ्यो भन्ने लागेको छ । काण्डहरुको भर्खरै खुलासा हुँदैछ’, उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो एजेण्डा नै भ्रष्टाचारको जरो उखेल्ने हो । सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खोल्ने काम सुरु गरेको छ । तर म यहीँबाट सरकारलाई भन्छु फाइल खोलेजस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन ।’

    जिस्काउनका लागि फाइल खोलेजस्तो नगर्न आग्रह गर्दै जनताले ध्यान दिएर हेरिरहेको बताउनुभयो । हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर अब नडराइ स्वतन्त्र पार्टीमा गएँ भन्दिन आग्रह गर्नुभयो। उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यावाद दिँदै देशप्रति इमान्दार हुन आग्रह गर्नुभयो ।


    बिहिवार, आषाढ २१ २०८००५:४८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij