Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

मिटरब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

  • आइतवार, आषाढ २४ २०८०

  • 597
    SHARES

  • मिटरब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले सम्बोधन गनुहुने भएको छ ।

    कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् र उनीहरु अहिले बानेश्वरमै धर्नामा छन् ।

    मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ ।


    आइतवार, आषाढ २४ २०८००३:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij