Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूद्वारा प्रदर्शन

मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूद्वारा प्रदर्शन

  • आइतवार, आषाढ २४ २०८०

  • 354
    SHARES

  • मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै पीडितहरूद्वारा प्रदर्शन
    काठमाडौं । मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। आइतबार(आज) माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन्।
     
    मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ। संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसद्बाट पारित नभए निष्क्रिय हुन्छ। कानुन निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरूले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।
     
    मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टीहरू मिलेर मिटरब्याज विरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो। उहाँले संसद्बाट मिटरब्याज विरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो। उहाँले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताउनुभयो। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानुन पास हुन नदिएको आरोप समेत उहाँले लगाउनुभयो ।


    आइतवार, आषाढ २४ २०८००४:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij