Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकद्वारा ५२ खर्ब ५३ अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह

नेपाल राष्ट्र बैंकद्वारा ५२ खर्ब ५३ अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह

  • सोमवार, आषाढ २५ २०८०

  • 448
    SHARES

  • नेपाल राष्ट्र बैंकद्वारा ५२ खर्ब ५३ अर्ब रुपैयाँ तरलता बजारमा प्रवाह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनामा ५२ खर्ब ५३ अर्ब रुपैयाँ बढी तरलता बजारमा प्रवाह गरेको छ ।

    यस अवधिमा बैंकले रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २० खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ प्रवाह गरेको हो ।

    सोही अवधिमा यता रिभर्स रिपोमार्फत जेठ मसान्तसम्ममा ५ अर्ब तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरिएको थियो ।

    समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी ६ खर्ब ८७ अर्ब ४२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४७ करोड खुद खरिद गरी २ खर्ब ९९ अर्ब ६२ करोड तरलता प्रवाह गरेको थियो ।

    समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ४० करोड बिक्री गरी ५ खर्ब २९ अर्ब ७४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।


    सोमवार, आषाढ २५ २०८००१:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij