Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइनेछ : परराष्ट्रमन्त्री साउद

गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइनेछ : परराष्ट्रमन्त्री साउद

  • सोमवार, आषाढ २५ २०८०

  • 609
    SHARES

  • गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिइनेछ : परराष्ट्रमन्त्री साउद

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताउनुभएको छ। यस विषयमा सर्वसहमति आवश्यक हुने उहाँको भनाइ छ ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भन्नुभयो, ‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

    भारतीय कानुनमा परिवर्तन भएपछि गोर्खा भर्ती रोकिएको उहाँले बताउनुभयो । त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी पनि साउदले गराउनुभयो ।

    भारतको ‘अग्निपथ’ योजना अनुसारको गोर्खा भर्तीमा नेपालले असहमति जनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोटको काम अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

    भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरूलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गर्ने निर्णय गरेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्ती स्थगित गरेको थियो।


    सोमवार, आषाढ २५ २०८००२:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij