Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारीको झोला खरिदमा रकम हिनामिना गरेको आरोपमा शाखा अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहकारीको झोला खरिदमा रकम हिनामिना गरेको आरोपमा शाखा अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधवार, आषाढ २७ २०८०

  • 1.1K
    SHARES

  • सहकारीको झोला खरिदमा रकम हिनामिना गरेको आरोपमा शाखा अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा र नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    सहकारीको आयमूलक तालिम सञ्चालनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा उनीहरू विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
     
    सहायक प्रवक्ता थपलियाका अनुसार अधिकृत झाले आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको आय मूलक तालिम सञ्चालन नगरी एवं प्रक्रिया नपुर्‍याई पेस्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेस्की रकम फर्छ्यौट गरेको पाइएको थियो ।
     
    साथै उनले अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध ७ लाख एक हजार तीन सय ८० रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना असुलउपरको मागदाबी गरेको छ ।
     
    यस्तै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर कुमारीले आफू र प्रतिवादी झालाई गैरकानूनी लाभ पुर्‍याउनका लागि बढी मूल्य तिरी झोला खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।
     
    आयोगले प्रोप्राइटर कुमारीविरुद्ध ३ लाख ६८ हजार ८८० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


    बुधवार, आषाढ २७ २०८००२:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij