Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने तय

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने तय

  • बुधवार, आषाढ २७ २०८०

  • 686
    SHARES

  • कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने तय
    काठमाडौं । नेपाल कांग्रेसको आज स्थगित भएको केन्द्रीय समितिको बैठक अब साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिनुभयो । 
     
    ‘‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, उहाँले जारी गरेको सूचनामा उल्लेख छ । 
     
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको हो ।


    बुधवार, आषाढ २७ २०८००२:४३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij