Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेसपाले साउन १ गतेदेखि पार्टी संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने

नेसपाले साउन १ गतेदेखि पार्टी संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने

  • बुधवार, आषाढ २७ २०८०

  • 557
    SHARES

  • नेसपाले साउन १ गतेदेखि पार्टी संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने
    काठमाडौं । नेपाल समाजवादी पार्टीले साउन १ गतेदेखि पार्टी संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । नेसपाका प्रचार विभाग प्रमुख विश्वद्विप पाण्डेले बुधबार(आज) विज्ञप्ति जारी गर्दै ६ महिनासम्म सो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । यो अवधिमा देशभर वृक्षारोपण कार्यक्रमसँगै जिल्ला–जिल्ला अभियान उद्घाटन हुने जनाइएको छ । 
     
    उहाँले सुरुवातमा प्रदेशस्तरीय प्रशिक्षण बैठक कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा २७ र सुदूरपश्चिममा २९ गते बैठक हुने बताउनुभयो । 
     
    नेसपाले कोशी प्रदेशमा हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गंगा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा सो अभियान सञ्चालन हुने जनाएको छ ।


    बुधवार, आषाढ २७ २०८००४:३१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij