Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले दिए यस्तो प्रष्टिकरण

रवि लामिछानेले दिए यस्तो प्रष्टिकरण

  • बिहिवार, आषाढ २८ २०८०

  • 1.6K
    SHARES

  • रवि लामिछानेले दिए यस्तो प्रष्टिकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ ।

    बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उहाँले अहिले पार्टी विस्तारलगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

    ‘सरकारमा सहभागी हुने योजना छैन । पार्टीभित्र पनि कुनै छलफल भएको छैन । तर, सरकारको स्थायित्वको पक्षमा भने रास्वपा छ’, उहाँले भन्नुभयो ।

    पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको लामिछानेले बताउनुभयो । अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उहाँको भनाइ छ ।

    लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको बताउनुभयो । अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिनसक्ने उहाँको भनाई छ ।

    रविले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दाबी रहेको पनि बताउनुभएको छ ।


    बिहिवार, आषाढ २८ २०८००१:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij