Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
एसिसी इमर्जिङ टिम्स एसिया कप

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

  • शुक्रवार, आषाढ २९ २०८०

  • 905
    SHARES

  • नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित
    काठमाडौं । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।
     
    पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।
     
    नेपालका स्पिनर ललितनारायण राजवंशीले ८.५ ओभरमा ५० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।
     
    त्यसअघि श्रीलंकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको एक उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
     
    एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जी.सी र सोमपाल कामीले ५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । युवा बलर प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडे । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।
     
    कुशल मोहम्मद वासिम जुनियरको बलमा बोल्ड हुँदै १८ बलमा २ चौका र १ छक्का प्रहारका साथ पेभेलिएन फर्किए । अर्जुन साउद र कुशल मल्लले समान १७ रन बनाएका थिए । पाकिस्तानको सिनियर टोलीबाट खेली सकेका तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाए ।
     
    दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर आसिफ शेख १२ रनमा क्याच आउट भए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट ४ रनमा समातिन पुगेका थिए ।
     
    जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भएपछि नेपाल ७.४ ओभरमा ३७–५ को दयनीय अवस्थामा पुगेको थियो । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।
     
    पाकिस्तानको जितमा शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।
     


    शुक्रवार, आषाढ २९ २०८००४:३१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij