काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ ।
श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल पराजित भएको हो ।
नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२।१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।