Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री महत र भारतीय समकक्षीबीच व्यापार सहजीकरणबारे छलफल

अर्थमन्त्री महत र भारतीय समकक्षीबीच व्यापार सहजीकरणबारे छलफल

  • मंगलवार, श्रावण २ २०८०

  • 608
    SHARES

  • अर्थमन्त्री महत र भारतीय समकक्षीबीच व्यापार सहजीकरणबारे छलफल
    काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
     
    नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिनुभएको छ । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत् निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेगावाट जल विद्युत् भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नुभयो ।
     
    दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो । भारतका अर्थमन्त्रीले एन पीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताउनुभयो ।
     
    भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गर्नुभयो । आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिनुभयो ।


    मंगलवार, श्रावण २ २०८००६:५२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij