Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले आज युएई ‘ए’ सँग अन्तिम खेल खेल्दै

नेपालले आज युएई ‘ए’ सँग अन्तिम खेल खेल्दै

  • बुधवार, श्रावण ३ २०८०

  • 564
    SHARES

  • नेपालले आज युएई ‘ए’ सँग अन्तिम खेल खेल्दै

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपालले युएई ‘ए’ सँग अन्तिम खेल खेल्दैछ। खेल बिहान सवा १० बजे श्रीलंकाको पिसारा ओभलमा हुने भएको छ ।

    समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन्। नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो। त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो।

    आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।


    बुधवार, श्रावण ३ २०८००७:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij