Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध विष्फोटक अर्धशतक

ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध विष्फोटक अर्धशतक

  • बुधवार, श्रावण ३ २०८०

  • 996
    SHARES

  • ब्याटिङमा पनि चम्किए कुशल, यूएईविरुद्ध विष्फोटक अर्धशतक

    काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगत यूएईविरुद्धको म्याचमा नेपालका ओपनर कुशल भुर्तेलले विष्फोटक इनिङ खेल्दै अर्धशतक बनाएका छन् । उनले ३३ बलमा २ छक्का र ९ चौका हान्दै अर्धशतक बनाएका हुन् ।

    युएईले दिएको १५८ रनको सामान्य स्कोर पछ्याउने क्रममा नेपालले पहिलो ओभरमै अर्जुन साउदलाई गुमाएको थियो । अर्जून शून्य रनमै आउट भएपछि कुशल र देव खनालले नेपालको इनिङ अगाडि बढाइरहेका छन् । उनीहरूबीच अहिलेसम्म दोस्रो विकेटका लागि ७५ रनको साझेदारी भइसकेको छ ।

    पहिलो इनिङमा ६ विकेट लिएर यूएईको ब्याटिङ धराशयी बनाएका कुशल ब्याटिङमा पनि चम्किएपछि नेपाल सहज जिततर्फ लम्किएको छ ।

     


    बुधवार, श्रावण ३ २०८००२:५९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij