Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या ५ सय नाघ्यो

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या ५ सय नाघ्यो

  • बिहिवार, आश्विन १५ २०७७

  • 692
    SHARES

  • कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या ५ सय नाघ्यो

    काठमाडौं । कोरोनाको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।

    पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

    उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेका छन् ।


    बिहिवार, आश्विन १५ २०७७०४:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij