Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चार क्लबद्वारा यू–१६ एन्फा यूथ लिग बहिष्कार

चार क्लबद्वारा यू–१६ एन्फा यूथ लिग बहिष्कार

  • शनिवार, श्रावण ६ २०८०

  • 446
    SHARES

  • चार क्लबद्वारा यू–१६ एन्फा यूथ लिग बहिष्कार
    काठमाडौं । एन्फा यू–१६ यूथ लिग चार क्लबले बहिष्कार गरेका छन् । फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो । तर दोस्रो चरणका खेल सम्पन्न नहुँदै ए डिभिजनका चार क्लबले लिग बहिष्कार गरेका छन् । 
     
    बढी उमेरका खेलाडी खेलाएको आरोपमा एनआरटीमाथि एन्फाले कारबाही गरेको थियो । एन्फाले एनआरटीको तीन अंक घटाउने र एमआरआई गर्दाको शुल्क र थप १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध क्लबहरूले एन्फामा अपिल गरेका थिए । माग सम्बोधनमा एन्फा नेतृत्व जिम्मेवार नभएको भन्दै चार क्लबले लिग बहिष्कार गर्ने निर्णय गरेका हुन् । 
     
    ए डिभिजनका एनआरटी, संकटा, फ्रेन्ड्स र मनाङले यूथ लिग बहिष्कार गर्ने सहमति गरेका थिए । लिग सञ्चालनमा एन्फाले आफ्ना माग सम्बोधन नगरेको क्लबहरूको गुनासो छ । खेलाडीको एमआईआई खर्चिलो रहेकाले सरकारी दस्ताबेज अनुसार उमेर मानेर खेलाडीलाई खेल्न दिनुपर्ने विषयमा क्लबले एन्फासँग छलफल गर्न खोजेका थिए । तर शुक्रबारको बैठकमा एन्फाका कुनै पदाधिकारीले छलफलको समय नै दिएनन् । एन्फाको व्यवहारबाट रुष्ट क्लबले लिग बहिष्कारको निर्णय लिएका हुन् ।
     
    शुक्रबारको सहमति अनुसार मनाङ शनिबार(आज) च्यासल मैदानमा उपस्थित भएन । आज च्यासल मैदानमा मनाङ र मच्छिन्द्र खेल्ने तालिका रहेको थियो । चार मध्य मनाङ सहित फ्रेन्ड्स क्लब र एनआरटीले आज खेल्ने तालिका छ । संकटाले बिहीबार चर्च ब्वाईजसँग खेलिसकेको छ । फ्रेन्ड्सलाई मनाउन एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले क्लब पदाधिकारीसँग छलफल गरिरहेका छन् ।
     
    एन्फा र क्लबको पछिल्लो विवादले यूथ लिग अन्योलमा परेको अवस्था छ ।


    शनिवार, श्रावण ६ २०८००२:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij